चार एआईजीको पदस्थापन

| 2023 Mar 29 | 04:26 pm 1353

काठमाडौं, चैत १५ः सरकारले भर्खरै बढुवा गरेका अतिरिक्त महानिरीक्षकको पदस्थापन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चार एआईजीको पदस्थापन गरेको हो ।

श्याम ज्ञवालीलाई महानगरीय प्रहरी कार्यालय (मेट्रो), किरण बज्राचार्यलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र टेकप्रसाद राईलाई प्रहरी एकेडेमीमा पदस्थापन गरेको छ ।

दीपक थापा भने प्रहरी प्रधान कार्यालयअन्तर्गत विभागमा पदस्थापन भएका छन् । सरकारले चैत ८ गते ५ जना डीआईजीलाई एआईजीमा बढुवा गरेकामा वसन्त कुँवरलाई दुई दिनपछि आईजिपी बनाउने निर्णय भएको थियो । नेपाल प्रहरीमा एआईजीका ८ दरबन्दीमध्ये रिक्त रहेका ४ वटामा पनि बढुवा सिफारिस भइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.