चाँदी जस्तो देखीने धातुका गहना सहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 06 | 08:50 pm 2743

सर्लाही, पुस २२ : चाँदी जस्तो देखीने धातुको गरगहना बिक्रिका लागि बोकेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ का २७ वर्षीय सत्येन्द्र शाह र मलंगवा नगरपालिका–७ मुसैली का २७ वर्षीय रबिन्द्र चौधरी रहेका छन् ।

उनीहरुको साथबाट करिब १ लाख ५९ हजार १ सय ६४ रुपैयाँ बराबरको चाँदी जस्तो देखिने धातुको पाउजु २४ जोर, ब्रास्लेट १० थान, पहुँची १ थान, बाला १ थान र पाउजु जोडने १९ थान सहित प्रहरीले पक्राउ गरेको छ ।

मलंगवा नगरपालिका–८ गोरखकालीबाट खटिएको प्रहरीले बिआर ३० एस ८१०१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक सत्येन्द्र र मोटरसाइकलमा सवार रबिन्द्रलाई उक्त गहना सहित फेला गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.