चर्चित हाँस्यकलाकार हरिवंश दम्पतीलाई कोरोना संक्रमण

रिपोर्ट नेपाल | 2020 Oct 06 | 07:32 pm 1750

काठमाडाैं, असाेज २०ः चर्चित हाँस्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार हाँस्यकलाकार हरिवंश आचार्य आफैले आफ्नो सामाजिक संजाल फेसबुक पेजमार्फत् आफू र आफ्नो श्रीमतीलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।

उनले सामान्य लक्षण देखिएपछि पीसीआर गर्दा पोजेटिभ रिपोर्ट आएको बताएका छन् । उनले फेसबुक पेजमा लेखेका छन्, सामान्य लक्षण देखिएकोले हिजो मेरो र मेरो श्रीमती रमिलाको पीसीआर टेष्ट गरेका थियौं । हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो ।

कलाकार आचार्यले आफूहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । त्यसैगरी, आफूहरुको सम्पर्कमा आएका सम्पूर्णलाई पनि होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन आग्रह पनि गरेका छन् ।

उनले भनेका छन्, ‘यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं । कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं ।

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.