काठमाडौं, जेठ १०ः आफ्नो घरको खाना पकाउने ग्याँस लिक भएर आगलागीमा सक्त घाइते भएका नेपाली कांग्रेसका नेता तथा संघीय सांसद चन्द्र भण्डारी आज बुधबार संसद जाने भएका छन् ।
प्राय सधै देश जनताको पक्षमा र भ्रष्टाचारको विरुद्ध चर्को आवाज उठाउने भण्डारीले सम्भवत आज संसदमा पछिल्लो चर्चित नेपाली नागरिलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका विषयमा चर्को आवाज उठाउने छन् ।
घाइते पश्चात पहिलो पटक संसद जाने तयारी गरेका भण्डारीले मुलुकको सामाजिक र आर्थिक विषयमा पनि आवाज उठाउने छन् ।