चन्द्रागिरिको हिउँमा एक युवक मृत फेला

रिपोर्ट नेपाल | 2022 Feb 06 | 08:06 am 1681

काठमाडौं, माघ २३ः शनिबार काठमाडौंको पर्यटकीय स्थल चन्द्रागिरि डाँडामा एक युवक मृत फेला परेका छन् । फेला पर्नेमा प्रज्वल पोखरेल नाम गरेका युवक रहेको प्रहरीले जानकारी दिएकाे हाे ।

गत शुक्रबारदेखि हराइरहेका उनको खोजीका लागि प्रहरीमा उजुरी परेपछि खोज्ने क्रममा चन्द्रागिरिमा शव भेटिएको हो । पोखरेल चार्टर्ड एकाउन्टेन्ट भएको प्रहरीले जनाएको छ । उनी हिउँ खेल्न चन्द्रागिरि पुगेको अनुमान गरिएको छ ।

प्रहरीका अनुसार हिँउमा गाडिएको अवस्थामा भेटिएका मृतकको शरीरको माथिल्लो भाग नाङ्गै छ । मृत्युको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.