चट्याङ लागेर म्याग्दीमा दुई जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Mar 15 | 09:49 am 1992

म्याग्दी, चैत २: जिल्लाको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा गएराति परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा २६ वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजा रहेका छन् । उनीहरुको बेनी अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

गम्भीर घाइते भएका उनीहरुलाई अस्पताल ल्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए। शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ।

मृतक पुन र गर्बुजा छिमेकी हुन्। धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मलम्पार, रघुगङ्गाको कुइनेमङ्गले, मङ्गलाको टोड्के, अन्नपूर्णको राम्चे, नागी, घोडेपानी, शिख, नारच्याङलगायतका बस्तीमा हिमपात भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.