मकवानपुर, फागुन २४: चट्याङ लागेर शनिबार भिमफेदी गाउँपालिका ९ मा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भिमफेदी ९ च्याउखोलाका २३ वर्षीय विजय स्याङ्ताङ रहेका छन् ।
उनको शनिबार विहान बर्षासँगै परेको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो।
त्यसैगरी घाइते हुनेमा मृतककी श्रीमती २२ वर्षीया सविता स्याङ्ताङ रहेको प्रहरीले जनाएको छ । घाइते सविताको हेटौंडा अस्पतालमा उपचार भइरहेको बताइएको छ।