चट्याङ लागेर बाग्लुङ र स्याङ्जामा २ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2021 Apr 16 | 09:08 am 1773

बाग्लुङ, बैशाख ३ः गएराति आएकाे हावाहुरीसँगै परेको चट्याङका कारण बाग्लुङ र स्याङ्जामा दुईजनाको मृत्यु भएको छ,भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा बाग्लुङको ताराखोला गाउँपालिका–२ सिले बस्ने ४५ वर्षीय खिमलाल कँडेल रहेका छन् । त्यस्तै, स्याङ्जाको फेदीखोला–५ बायाँ फड्के बस्ने ३९ वर्षीय ईश्वरी लामिछानेको पनि मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मोहन पोखरेलले बताए ।

चट्याङका कारण बाग्लुङको ताराखोला गाउँपालिका–३ रातमाटा घर भएकी ४५ वर्षीय कृष्ण कुमारी कार्की घाइते भएकी छिन् । उनको अवस्था सामान्य छ ।

खिमलालको गोठमा भैंसी दुहुन जाँदै गर्दा चट्याङ लागेर  मृत्यु भएको हो । चट्याङको झड्का लागेर घाइते भएकी ईश्वरीको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

त्यस्तै चट्याङ लागेर पर्वतको जलजला–८ लुप्राङमा १ भैसी,  १ गोरु र दुईवटा बाख्रा मरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.