चट्याङ लागेर ताप्लेजुङमा एक महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Sep 02 | 08:53 am 2078

ताप्लेजुङ, भदाै १७ः चट्याङ लागेर ताप्लेजुङमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराई  रहेकी छन् । उनलाई मङ्गलबार अपराह्न परेको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेपछि गम्भीर घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे हो ।

यसैबीच चट्याङकै कारण सिरिजङ्घा गाउँपालिकास्थित तेल्लोकका दुई र पेदाङका तीन गरी पाँच जना घाइते भएका छन् । सामान्य घाइते भएका उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.