चट्याङ लागेर डोटीमा एक महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Mar 05 | 06:04 pm 1916

डोटी, फागुन २२: जिल्लाको सायल गाउँपालिका २ सिर्मा गाउँमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीया जसुदेवि ओली रहेकी प्रहरीले जानकारी दिएको छ ।

बुधबार बेलुका साढे ६ बजेतिर घरमा बसिरहेको बेला एक्कासी परेको चट्याङले लागेर ओलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरिक्षक दिलीपसिंह देउवाले जानकारी दिए ।

घटनास्थल सायल प्रहरी चौकीदेखि टाढा रहेको र चौकीमा बिहिबार दिउँसो मात्रै खबर आएकोले प्रहरी घटनास्थल पुग्न नसकेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.