चट्याङ लागेर झापामा प्रहरी सहायक निरीक्षकको मृत्यु

| 2021 May 04 | 08:54 am 237

झापा, बैशाख २१ः चट्याङले लागेर झापामा एक जना प्रहरी सहायक निरीक्षक(असई)को मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ को अस्थायी प्रहरी चौकी किच्चकबधमा कार्यरत ४७ वर्षीय महादेव ठाकुर रहेका छन् ।

राति १० बजेतिर साइकलमा गस्ती गर्दै गर्दा वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए। उनी उक्त चौकीका प्रमुखसमेत हुन्।

चट्याङले लाग्नासाथ उनलाई उपचारका लागि भद्रपुरको पाथीभरा अस्पताल ल्याइएको थियो। अस्पताल पर्याइए पनि उनलाई तत्कालै चिकित्सकले मृत घोषित गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.