चट्याङमा परेर दुईको मृत्यु, चार घाइते

रिपोर्ट नेपाल | 2018 Jun 06 | 05:06 pm 2624

हेटौँडा २३ जेठ :  पूर्वी मकवानपुरको बकैया गाउँपालिका–९ मा गएराति परेको चट्याङका कारण एक नाबालकसहित दुई जनाको मृत्यु भएको छ । बकैया गाउँपालिका–९ च्याउँच्याउँमा चट्याङले ५५ वर्षकी छलीमाया थिङ र १५ महिनाको देव थिङको मृत्यु भएको हो ।

सोही गाउँमा चट्याङमा परी बिमला ब्लोन, निमेष ब्लोन, निश्मा ब्लोन र रञ्जु थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.