चट्टानसँग भिड्दै सेना, ‘भातको खर्च कसको ?’, वर्ल्डकप फिभर

| 2018 Jun 09 | 07:15 am 1312

काठमाडौं, जेठ २६ : काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाले शनिबार विभिन्‍न विषयका समाचारलार्इ प्राथमिकताका साथ पहिलो पृष्ठमा प्रकाशित गरेका छन् ।

नेपाली सेना चट्टानसँग भिड्दै कर्णाली कोरिडोरको सडक निर्माणमा सक्रिय भएको खबरमा चट्टानसँग भिड्दै सेना शिर्षकमा समाचार नागरिक दैनिकमा छापिएको छ । नेपाली सेना चट्टानसँग भिड्दै कर्णाली कोरिडोरको सडक निर्माणमा सक्रिय भएको छ। सेनाले लालिघाटदेखि कालिकोट र बाजुराको सिमाना हिल्सासम्लोमिटर सडकको ट्र्याक खोलिसकेको छ। कोरिडोर सडक निर्माणले तीव्रता पाउँदा कर्णालीवासीको गाडी चढ्ने सपना साकार भएको छ। दुई दशकसम्म अलपत्र परेको कर्णाली कोरिडोर निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको छ। कालिकोटको खुलालु जिरो प्वाइन्ट रहेको कोरिडोरमा ३८.५ किलोमिटर सडक निर्माण भइसकेको सडक निर्माण कार्यदलका प्रमुख सेनाका मेजर मिलन कार्कीले बताए।

खुलालु नजिकै दुई किलोमिटरबाहेक कालिकोट खण्डको पूरै ट्र्याक खोलिएको उनले जानकारी दिए। ‘बाँकी दुई किलोमिटर आगामी असोजसम्म सक्ने योजना छ,’ कार्कीले भने, ‘चालू आर्थिक वर्षभित्रै सडक विभागलाई सडक हस्तान्तरण गर्ने तयारीमा छाैं।’ सेनाले आगामी असोजसम्म निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनिपाल शाहीले बताए। खुलालुदेखि हुम्लाको सिमकोटसम्म सडकको लम्बाइ एक सय ९६ किलोमिटर छ। यसमध्ये ४० किलोमिटर सडक कालिकोट खण्डमा पर्छ। कर्णाली कोरिडोर निर्माणका लागि नेपाल सरकारले एक अर्ब ४८ करोड ११ लाख १६ हजार बजेट विनियोजन गरेको थियो।

राजधानीबाट प्रकाशित कान्तिपुर दैनिकले बाटो खुल्यो शिर्षकमा समाचार प्रकाशन गरेको छ । संसदबाट शुक्रबार फौजदारी मुद्दा लागेका सासंद निलम्बन नहुने विधेयक पारित भएको छ । सांसदको दुर्इ प्रशिक्षणको कुरा उल्लेख गर्दै नेकपाका सांसद खगराज अधिकारीले संसद् सचिवालयले आफूहरूलाई दिएको तालिममा खुवाइएको खाना कसको खर्चबाट बेहोरिएको हो भन्दै सभामुखसँग जानकारी मागेका छन् ।

नेमकिपाका सांसद प्रेम सुवालले नियमावली संशोधनकर्ताको हैसियतले रोस्ट्रममा बोलिरहँदा अधिकारीले नियमापत्ति जनाउँदै ‘संसदीय प्रक्रियाको जानकारीमूलक कार्यक्रम’ मा खुवाइएको खानाबारे आफू प्रस्ट हुन चाहेको बताए । ‘माननीय प्रेम सुवालले जुन कुरा बोलिरहनुभएको छ । यो गम्भीर प्रश्न हो । हामी हिजो प्रशिक्षणमा सहभागी भयौं,’ उनले भने, ‘यो सबै खर्च संसदको आफ्नै हो कि, गैरसरकारी संस्थाबाट १७ सय रुपैयाँको भात खाएका हौं ? हामी प्रस्ट हुन जरुरी छ ।’

नयाँ पत्रिकाले शनिबार विशेष भनेर वर्ल्डकप फिभर शिर्षकमा विभिन्न विधाका सेलीब्रेटीहरुको प्रतिक्रिया समेटर पहिलो पृष्ठमा खबर छापेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.