चङ्गा, ड्रोन र बेलुन नउडाउन विमानस्थलको आग्रह

| 2024 Sep 26 | 07:56 am 377

काठमाडौँ, आश्विन १० / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध लगाइएको छ । ती क्षेत्रमा लेजर लाइट समेत प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न आग्रह गरेको हो ।

सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे बा गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने ब्यहोरा समेत सूचनामा उल्लेख छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.