घुस लिएको अभियोगमा चितवनका नासु मनोज निरौला पक्राउ

रिपोर्ट नेपाल | 2018 May 31 | 12:50 pm 3123

काठमाडौँ, १७ जेठ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चितवनका नासु मनोज निरौला र कार्यालय सहयोगी शंकरप्रसाद धिताललाई रु २५ हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।

लालपुर्जा र जग्गाको क्षेत्रफल मिलान गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा आयोग, हेटौंडाको टोलीले नियन्त्रणमा लिएको छ ।

यसैबीच आयोगले जिल्ला समन्वय समिति सप्तरीका नासु युगेश्वरप्रसाद यादव र लेखापाल श्यामसुन्दर यादवविरुद्ध बिगो रु एक लाख ३५ हजार र सोही बराबर जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

महुली खोला पुल निर्माणको फरफारक भएपछि धरौटी फुकुवाको चेक निकासा गर्ने प्रयोजनका लागि यादवले सेवाग्राहीसँग रु एक लाख ३५ हजार घुस लिएको अभियोगमा नियन्त्रणमा लिई अनुसन्धान हुँदा लेखापाल श्यामसुन्दरसँग आपसी मिलेमतोमा उक्त कार्य गरेको खुल्न आएकाले उनीहरूविरुद्ध आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.