विराटनगर, भदौ २४ : विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले कार्यालयमा घुस लिने कर्मचारीलाई आफैंले समातेका छन् । घर जग्गा सम्पत्ति कर शाखामा कार्यरत् खरिदार तिलकमणि पाखरेललाई मेयर आफैले पक्राउ गरेका हुन् ।
पोखरेलले सेवाग्राहीबाट साढे ११ हजार रुपैयाँ घुस लिएको जनाइएको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय, इटहरीमा बुझाउने तयारी भइरहेको छ ।