घुससहित दुई जना कर्मचारी अख्तियारको फन्दामा

रिपोर्ट नेपाल | 2019 Mar 06 | 10:04 am 1644

नेपालगञ्ज, फागुन २२ : विभिन्न कार्य गरिदिने बाहानामा रकम कबोल गरी कार्य गरेको र गराएको घटनाहरु न्युनिकरण गर्ने सरकारको बोलि र त्यही सरकारका मातहतमा रहेका कर्मचारीबाटै यस्ता कार्य भएको छ । त्यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

नेपालगञ्जस्थित रहेको आयोगको कार्यालयले हिजो (मङ्गलबार) साँझ बाँकेका दुई सरकारी कार्यालयमा छड्के चेकजाँच गरी ८७ हजार घुससहित दुई कर्मचारीलाई नियन्त्रण लिएको छ ।

अख्तियारका नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरका अनुसार विशेष सूचनाका आधारमा नेपालगञ्ज भन्सार कार्यालयका नायबसुब्बा लक्ष्मण चन्दलाई ५२ हजार र आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेका कार्यालय प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत विनोदकुमार श्रीवास्तवलाई ३५ हजार घुससहित रङ्गेहात पक्राउ गरिएको बताए ।

यसैगरी, मङ्गलबार नै यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा छापामारी त्यहाँबाट केही कागजात नियन्त्रणमा लिएको प्रमुख गैरले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.