काठमाडौं, साउनः काठमाडौंको सुन्दरीजल खोलामा खसेर एक जना बेपत्ता भएका छन् । शनिबार साथीहरुसँग सुन्दरीजल घुम्न गएका कपनका १६ वर्षीय शुभमश्री न्यौपाने खोलामा खसेर बेपत्ता भएका हुन् ।
प्रहरी वृत्त बौद्धका अनुसार आज विहान शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने सुन्दरीजलमा घुम्न गएको ७ जना समूहको एक सदस्य बेपत्ता भएका हुन् ।
प्रहरीका अनुसार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विशेष टोलीले उनको खोजी गरिरहेको जानकारी गराइएको छ ।