कास्की , जेठ २९: कास्कीको पोखरा लेखनाथ नगरपालिका -१५ कालिका मार्गमा एक पुरुषले आफ्नै छोराको घाटी रेटेर हत्या गरेका छन् ।
बुधबार बिहानै पोखरा लेखनाथ नगरपालिका -१५ कालिका मार्ग बस्ने रामजी घलेले ११ वर्षीय छोरा ज्ञापन घलेको हत्या गरेका हुन् । धारीलो हतियार प्रहार गर्दा गर्भवती श्रीमती घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । बालकको घटनास्थलमै मृत्यु भएको छ भने ३५ वर्षिया श्रीमती सुमित्रा ठकुरी र आफ्नै घाँटी रेटेका घाइते दम्पतिको क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।
घटनाका अनुसन्धानका क्रममा सुमित्राले मलार्इ रामजीले मारेको हो भनी रगतले लेखेको देखिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । उपचारमा रहेकफ गर्भवती सुमित्राको गर्भको शिशुको समेत मृत्यु भएको छ ।