सल्यान, बैशाख ७ः घाँटीमा मासु अड्किएर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा शारदा नगरपालिका वडा नम्बर १३ निवासी ६९ वर्षीय देवीलाल कामी रहेका छन् ।
गएराति सल्यानचौरका बालाराम कुँवरका घरमा झारफुक गर्न गएका उनको आइतबार बिहान ३ बजे बाख्राको मासु खाने क्रममा घाँटीमा मासु अड्की उपचारका लागि बिहान अस्पताल पुर्याउनेबित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।
शव परीक्षणका लागि अस्पतालमा राखिएको प्रहरीको भनाइ छ । गाउँमा झारफुक गरिसकेपछि भूतप्रेत भगाउने भन्दै बाख्रा काट्ने र राति नै मासु पकाएर खाने चलन रहेकाे बताइएकाे छ ।