घर जग्गा कारोबारमा कडार्इ, इजाजत प्राप्त कम्पनीबाट मात्रै घरजग्गा खरिदविक्रि गर्नुपर्ने

रिपोर्ट नेपाल | 2018 May 29 | 11:23 am 2796

काठमाडौं, जेठ १५: सरकारले इजाजत प्राप्त कम्पनीबाट मात्रै घरजग्गा खरीद गर्न पाउने र करको दायरमा ल्याउने अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संसदमा आर्थिक वर्ष २०७५/०७६ का लागि बजेट प्रस्तुत गर्दै घोषणा गरेका हुन् । अहिले जुनसुकै व्यक्तिले घरजग्गा किन्‍न पाउने व्यवस्था थियो ।

अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमार्फत इजाजतप्राप्त कम्पनीबाट मात्रै घरजग्गा खरीद गर्न पाउने व्यवस्था गरेका हुन्। कृषिजन्य भुमिलार्इ घरघडेरीमा परिवर्तन गर्न नपाइने व्यवस्था बजेटमा गरिएको छ।

त्यसैगरी सरकाले आगामी दुई वर्षभित्रमा धनीपूर्जालाई पनि डिजिल भर्सनमा लैजाने घोषणा गरेको छ ।

व्यवसायिक कृषिका लागि सातै प्रदेशमा नुमना कृषि फार्म स्थापना गरिने

सरकारले कृषि क्षेत्रलाई आधुनिक व्यवसायिक बनाउन कृषि औजार कारखाना स्थापना गर्ने भएको छ । त्यसैगरी सातवटै प्रदेशमा नुमना कृषि फार्म स्थापना गरिनेछ ।

उखु किसानलाई उत्पादनको आधारमा अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । साना किसानबाट किसानले लिएको सबै ऋण मिनाहा गर्ने कार्यक्रम समेत बजेटमा उल्लेख छ ।

कृषि सहकारी संस्थालाई बीउ विजन उत्पादन केन्द्रका रुपमा रुपान्तरण गर्ने, कृषि, पशुपालन र माछापालनको बिमाको ७५ प्रतिशत प्रिमियम सरकारले तिर्ने व्यवस्था समेत बजेटमा गरिएको छ ।

प्रत्येक प्रदेशमा एक जैविक विषादी केन्द्र र कृषि बजारको सूचना मोबाइलमार्फत प्राप्त हुने व्यवस्था गरिएको छ । चुरे भावर क्षेत्रमा फलफूलको पकेट क्षेत्र घोषणा गरी रोजगारीको प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ ।

उद्योग दर्तामा थप सहज

यस्तै उद्योग दर्तालाई सरलीकृत बनाइने व्यवस्था बजेटमा गरिएको छ भने काठमाडौँमा हस्तकला बिक्री तथा प्रदर्शनी कक्ष बनाइने भएको छ ।

बजेटमा आधारभूत निर्माण सामग्रीमा आत्मनिर्भर हुने लक्ष्य बजेटमा राखिएको छ । निर्यात जन्य उद्योगको प्रवद्र्धन गर्ने लक्ष्य बजेटले राखेको छ । खनिजको उत्खननका लागि विशेष कार्यक्रम अगाडि सारिएको अर्थमन्त्री डा खतिवडाले उल्लेख गरे ।

यस्तै प्रदेश प्रदेशमा एक औद्योगिक क्षेत्र निर्माण गरी औद्योगिक विकासमा जोड दिने लक्ष्य राखिएको छ । बन्द तथा रुग्ण उद्योगलाई पुनः सञ्चालन गर्ने लक्ष्य बजेटले राखेको छ । त्यसैगरी निकासी गर्ने उद्योगमा विदेशी लगानी प्रवद्र्धन गरिने भएको छ । वाणिज्य तथा आपूर्तिमा कूल रु १० अर्बको बजेट विनियोजन गरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.