घरेलु मदिरा सेवनबाट बाह्रको मृत्युपछि प्रहरीद्वारा मदिरा अप्रेसन, मृतक परिवारलाई सांसदले दियो क्रिया खर्च

रिपोर्ट नेपाल | 2020 Mar 16 | 05:47 pm 2513

धनुषा, चैत ३: धनुषामा घरेलु मदिरा सेवनले बाह्र जनाको मृत्युपछि धनुषा प्रहरीले अवैद्य मदिरा भट्टी नियन्त्रण अभियान सुरु गरेको छ । क्षिरेश्नरनाथ नगरपालिका सपहीमा आठ र जनकपुरधाम उपमहानगरपालिका ७ जानकीनगरमा चारजनाको मृत्यु तथा दजनौं बिरामी भएपछि प्रहरीले मदिरा भट्टी खोज्ने अभियानमा लागेको हो।

उक्त क्षेत्रका विभिन्न स्थानमा वर्षौदेखि सञ्चालन गर्दै आएका भट्टी प्रहरीले भत्काएको छ। धनुषा प्रहरीको विभिन्न युनिटबाट खटिएको प्रहरी टोलीले २२ भट्टी तथा २ हजार भन्दा बढी लोकल मदिरा नष्ट गरेको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाए ।

घरेलु मदिरा सेवनबाट ज्यान गएपछि मदिरा नियन्त्रण गर्न प्रहरी परिचालित भएको हो । त्यस्तै छापा हान्ने क्रममा भट्टी र पसलका धनीको नाम थाहा भएपनि छापा अघि नै फरार हुने गरेकाले हालसम्म एकजना पनि पक्राउ पर्न नसकेको प्रहरी नायव उपरीक्षक कार्कीले जनाए।

आफैमा मन्द विष मानिने घरेलु मदिरामा युरिया र स्प्रिट, गोबर, जुत्ता, मोजा तथा एसिडको प्रयोगले मृगौलामा छिटो र प्रत्यक्ष असर पार्ने जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट नागेन्द्र यादव बताए ।

गत वर्ष अषाढ २१ मा जिल्लाकै कमला नगरपालिका ५ लक्‍कडस्थित घरेलु मदिरा सेवका कारण ६ जनाको मृत्यु भएको थियो ।

मृतक परिवारलाई सांसदले दियो क्रिया खर्च

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा मदिरा सेवनबाट मृतक परिवारलाई नेपाल कम्युनिस्ठ पार्टीका स्थायी कमिटी सदस्य तथा सांसद रघुबीर महासेठले क्रिया खर्च उपलब्ध गराएको हो ।

आइतबार मृतक परिवारको घर–घरमा पुगी महासेठसहित सांसद जुली महतोले परिवारका सदस्यलाई २०/२० हजारको दरले क्रिया खर्च उपलब्ध गराएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.