घरमै गाई काट्ने चार जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Jul 04 | 06:51 pm 3598

नेपालगन्ज, २० असार : नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरमा गौहत्या गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान आफ्नै घरमा गौहत्या गरेका मोहम्मद इलियास जोलाहा, उनकी श्रीमती गुडी जोलाहा, छोरा सदाम जोलाहा र भतिजा अकब अली जोलाहालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुमाथि गौहत्यासम्बन्धी मुद्दा चलाइने बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए । पक्राउ परेका मोहम्मद इलियास जोलाहालाई यसअघि अदालतले ठगी मुद्दामा चार वर्ष कैद गरेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.