घरमा आगलागी हुँदा घरभित्र सुतिरहेका एक जनाको जलेर मृत्यु

रिपोर्ट नेपाल | 2021 Feb 01 | 01:00 pm 2209

झापा, माघ १९ः जिल्लाको कचनकबल गाउँपालिका १ घेराबारीस्थित एक घरमा आगलागी हुँदा घरभित्र सुतिरहेका एक जनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ६० वर्षीय गोबर्धन राजबंशी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरिक्षक राकेश थापाका अनुसार राजवंशीको घरमा साेमबार बिहान १ः२० बजे आगलागी भएको हो ।

आगलागीबाट ३ वटा घर पूर्ण रुपमा जलेर नस्ट भएको छ । आगलागीमा परी १ गाई, २ वटा बाछा र ३ वटा बाख्रा जलेर मरेका छन् ।

आगो प्रहरी, दमकल र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । अहिलेसम्म आगलागीको कारण र क्षतिको विवरण नखुलेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.