घरभित्रै झुन्डिए श्रीमान्–श्रीमती

| 2023 Nov 12 | 01:45 pm 409

कञ्चनपुर, कार्तिक २६ ।  कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनबारीमा एक दम्पतीले आफ्नै घरमा झुन्डिएर मृत्युवरण गरेका छन् ।  २६ वर्षीय श्यामकुमार राना र उनकी पत्नी २५ वर्षीया पुष्पा राना घरभित्र झुन्डिएको अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले राना दम्पती मृत फेला परेको विषयमा प्रहरीले अनुसन्धान थालेको जानकारी दिए।

‘घटनाबारे त्रिभुवन बस्तीबाट प्रहरी टोली पुगेर अनुसन्धान गरिहेको छ’, उनले भने, ‘श्यामका माइती पक्षलाई पनि घटनास्थलमा बोलाएर अनुसन्धान भइरहेको छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.