ग्रामीण विकास लघुवित्तको अध्यक्षमा प्रतिष्ठित व्यवसायी श्री शिवहरी दंगाल नियुक्त

| 2022 Oct 13 | 07:43 am 1577

काठमाडाैं, असाेज २७ः ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा शिवहरी दंगाल नियुक्त हुन भएको छ । संस्थाको सञ्चालक समितिको असोज २४ गते सोमबार बसेको बैठकले दंगाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

May be an image of 4 people and people standing

नव नियुक्त अध्यक्ष दंगाललाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले असोज २५ गते मंगलबार पद तथा गोपनियताको सपथ गराउनु भयो । सो अवसरमा संस्थाका सञ्चालक मनोज कुमार खडका, भरतराज कोइराला र प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालको समेत उपस्थिति रहेको थियो ।

May be an image of 7 people and people standing

यसअघि दंगाल सोही संस्थामा मिति २०७८ भाद्र ५ गते देखि संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आउनु भएको थियो । सञ्चालक समितिले दंगाललाई अध्यक्ष पदमा नियुक्त गरेस“गै संस्थाले थप नयाँ उचाइ लिने विश्वास व्यक्त गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.