ग्याल्पो ल्होसारको अवसरमा भोलि सोमबार सेयरबजार बन्द हुने

रिपोर्ट नेपाल | 2024 Mar 10 | 04:13 pm 457

काठमाण्डौ २७ फागुन / नेप्सेले शेर्पा समुदायको मुख्य पर्व ग्याल्पो ल्होसारको अवसरमा भोलि सोमबार सेयरबजार बन्द हुने जनाएको छ ।

नेप्सेले जारी गरेको बिदाको सूचीमा ग्याल्पो ल्होसार पनि रहेको हुँदा भोलि सेयर कारोबार नहुने भएको हो । नयाँ वर्षका रुपमा शेर्पा समुदायले मनाइने ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदाका दिन मनाइने गर्छ । सोमबार २१५१ औं ग्याल्पो ल्होसार मनाइन लागेको हो ।

ग्याल्पो ल्होसार देशका विभिन्न २२ जिल्लामा मनाइने गरेको छ । गुरुङ समुदायको तमु ल्होसार र तामाङ समुदायको सोनम ल्होसारका अवसरमा पनि सरकारले बिदा दिने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.