गौर संघर्ष समिति र गृह मन्त्रालय बीच सम्झौता : आन्दाेलन स्थगित

रिपोर्ट नेपाल | 2023 Aug 08 | 01:51 pm 2177

काठमाडौं, साउन २३ । २०६३ साल चैत्र ७ गते रौतहटको गौरमा भएको हत्याकाण्डका पीडित संघर्ष समिति र गृह मन्त्रालय बीच मंगलबार भएको वार्तामा पाँच बुदे सम्झौता भएको छ ।

घटना पछि दर्ता भएका जाहेरीलाई छानबिन र अनुसन्धान गरी तथ्य प्रमाणको आधारमा दोषीलाई कानून बमोजिम कारवाहीको प्रकृया अगाडी बढाइने भएको छ ।

त्यसैगरी घटनामा मृत्यु भई नेपाल सरकार मन्त्रीपरिषद्को २०६५ पुषमा भएको बैठकबाट शहिद घोषणा गरीएका व्यक्तिको विवरण राजपत्रमा प्रकाशित गर्ने र शहिद घाेषणा हुन बाँकी रहेकालाई शहिद घोषणाको प्रकृया अगाडी बढाउने कुरा पनि सहमति भएको बुझिएको छ । त्यसैगरी घटनामा शहादत प्राप्त गरेकाको स्मृतीमा रौतहट जिल्लामा यसै आर्थिक वर्षबाट शहिद स्मारक स्तम्भ निर्माण कार्यको शुरुवात गरीने भएको छ । घटनामा परेर घाइते भएका उपचाररत व्यक्तिका लागि उपचारको उचित प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई र आर्थिक सहायताका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई अनुरोध गर्ने सहमति भएको छ ।

सहमतिको पाँचौ बुँदामा घटनाको छानवीन र कारवाहीको माग राखि आन्दोलनरत पीडित संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम अन्त्य गर्ने सहमति भएको गृह मन्त्रालयका सहसचिव प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।

सहमतिका बुँदाहरु यसप्रकार रहेका छन् :

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.