काठमाडौं, मंसिर २६ : भर्खर सकिएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा कीर्तिमानी पदक जितेकी गौरिका सिंहले ५९ लाख रुपैयाँ पाउने पक्का भएको छ ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण पदक पाउने खेलाडीले ९ लाख, रजतले ६ लाख र कास्य पदक जित्नेले ३ लाख पाउने घोषणा गरेका थिए ।
एकभन्दा बढी स्वर्ण जित्नेलाई ११ लाख तथा टिम इभेन्टमा स्वर्ण जित्नेलाई ५ लाख रुपैयाँ दिने उनले बताएका थिए । एक भन्दा बढी स्वर्ण जित्नेलाई ११ लाख दिइने भन्ने कुराले सर्वसाधरणमा अन्योल सिजना गराएको थियो ।