गौतम बुद्ध विमानस्थलको मुआब्जा नदिएको भन्दै स्थानीय आन्दोलित

रिपोर्ट नेपाल | 2018 Jun 18 | 01:02 pm 3073

भैरहवा, असार ४: समयमा मुआब्जा नपाएको भन्दै निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलको जग्गा अधिग्रहणमा परेका स्थानीय आन्दोलित भएका छन् । सोमबार बिहान देखि निर्माणस्थलमा जम्मा भएका सयौं किसानहरुले मुआब्जा वितरण सुरु नगरेसम्म काम संचालन हुन नदिने चेतावनी दिएका छन् ।

करिब साढे १७ सय किसानले मुआब्जा पाउनुपर्ने भए पनि अहिलेसम्म १२ प्रतिशतले मात्र पाएको उनीहरुको दाबी छ।

डेढ वर्षदेखि मुआब्जा पनि नपाएको र आफ्नो जग्गा बैंकमा धितो राखेर ऋण लिन पनि नपाएको उनीहरुको गुनासो छ।

हरेक बस्तुमा मूल्यबृद्धि भइरहे पनि आफुहरुले तीन वर्ष अघिको मुल्यांकन अनुसार जग्गा अधिग्रहण गरेको भएकाले त्यसमा पूर्नमुल्यांकन हुनुपर्ने उनीहरुको माग छ।

यस्तै, उनीहरुले मुआब्जा वितरणमा सरकारले लिने लाभकर समेत लिन नहुने माग राखेका छन्। किसानले लाभका लागि जग्गा नदिएर सरकारले आफ्नो लाभका लागि लिएकाले आफुहरुलाई लाभकर तिर्न बाध्य नपार्नु पर्ने उनीहरुको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.