लुम्बिनी, असार ७ : विगत केहि दिन देखि मुआव्जा नपाएको भन्दै आन्दोलनमा उत्रिएका लुम्बिनीका जग्गा धनीहरुले तत्कालका लागि घोषित आन्दोलनलाई स्थगन गरेकाछन् ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मुआब्जा पाउनुपर्ने माग राख्दै सोमबारदेखि जारी आन्दोलन स्थगित भएको हो ।
मुआब्जा वितरणका लागि रु दुई अर्ब आयोजनामा आएपछि बिहिबार देखि मुआव्जा वितरण गरिने बताइए पछि आन्दोलन स्थगित गरिएको आन्दोलनरत पक्षले जनाएको छ ।
मुआब्जा वितरणका लागि रु दुई अर्ब आइसकेको बिहिबारबाटै वितरण शुरु गरिने निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ओम शर्माले विश्वास दिलाए पछि आन्दोलन स्थगन गरिएको जानकारी आन्दोलनरत पक्षले जनाएको छ ।
मुआब्जा पाउने भएपछि स्थानीयवासीले गरेको आन्दोलन फिर्ता लिएसँगै विमानस्थलको निर्माण कार्य पुरानै गतिमा सञ्चालन हुने कुरा बताइएको छ ।
एक महिना अगाडि नै मुआब्जा वितरणका लागि अर्थमन्त्रालयबाट रु पाँच अर्ब निकासा भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले उक्त मुआब्जाको रकम आयोजनाको खातामा नपठाएका कारण पीडितले मुआब्जाको माग गर्दै आन्दोलन गर्दै आएका थिए ।
आन्दोलनको नेतृत्व गरेका प्रदेश नं ५ का प्रदेशसभा सदस्य सन्तोष पाण्डेयले मुआब्जा वितरणका लागि अर्थमन्त्रालयबाट निकासा भएको रु पाँच अर्बमध्ये रु दुई अर्ब आइसकेको जानकारी पाएपछि आन्दोलन स्थगन गरिएको बताए ।
बाँकी रु तीन अर्ब पनि दुई दिनभित्र आउने पर्यटन राज्य मन्त्रीबाट आश्वासन पाएका कारण आन्दोलन स्थगन गरिएको बताउँदै बाँकी रहेको रु तीन करोड दुई दिनभित्र नआए आन्दोलन थप सशक्तरुपमा अगाडि बढाउने पाण्डेले चेतावनी दिएका छन् ।