गोरेलाई पूर्पक्षका लागि जेल चलान गर्न आदेश

रिपोर्ट नेपाल | 2018 May 28 | 01:35 am 2648

काठमाडौं , जेठ १४: गायब भएको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती गोरेलाई पूर्वक्षका लागि जेल चलान गर्न मोरङ अदालतले आदेश दिएको छ । न्यायाधिश नारायणप्रसाद शर्माले गोरेलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हुन् । गोरेलार्इ माेरङ जिल्ला कारागार पठाइने बताइएको छ ।

गत मंगलबार काठमाडौंको गौरीघाटबाट पक्राउ परेका गोरेको आजै मोरङ अदालतमा ४ दिने बयान सकिएको थियो । यसअघि गत मंगलबार गोेरे पक्राउ परेकै दिन प्रहरी हिरासतमा रहेका ३० जना मध्ये २८ जनालाई पूर्पक्षको लागि जेल चलान गरिएको थियो । पूर्पक्षका लागि जेल चलान हुनेमा एसएसपी दिवेश लोहनी, पूर्व डिआइजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल, भुजुङ गुरुङ, दरोमा खत्री, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, सम्बिर प्रसाद तोलाङ्गे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्यप्रसाद लामा लगायत रहेका थिए ।

पक्राउ परेका विष्णुबहादुर खड्का १५ हजार धरौटी र अमरबहादुरलाई सादा तारिखमा छुटेका थिए । यसअघि मोरङ प्रहरीले गोरेलाई मुख्य अभियुक्त बनाएर ६३ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सुन प्रकरणमै एसएसपी श्याम खत्री, एमके अग्रवाल, गोरेका भाइ रमेश उप्रेतीलगायत फरार छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.