गोरु चोरी गरी काटी मासु खाने ३ जना पक्राउ

| 2020 Aug 10 | 10:02 am 2680

तनहुँ, साउन २६ः कास्की साबिक लेखनाथ नगरपालिका वडा नं.२ स्थायी घर भई हाल जिल्ला तनहुँ म्याग्दे गाउँपालिका वडा नं १ मान्द्रे बस्ने बर्ष ६६ को तर्क बहादुर कुमालले
पाल्दै आएका १ हल अर्थात २ वटा गोरुहरु चोरी गरी काटी खाएको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ म्याग्दे गाउँपालिका वडा नं. १ बाख्रे बस्ने २२ वर्षीय मिलन नेपाली । २२ वर्षीय बिनोद थापा र ४५ वर्षीय बिमलाल सुनार रहेका छन ।

उनीहरुले २०७६ चैत ३० गते बेलुकी गोठमा बाँधेको गोरू मध्ये रातको समयमा चलन चल्ती अनुसार १९ हजार मुल्य पर्ने रातो, एक तारे एउटा गोरुको दाम्लो फुकाई चोरी
गरी करिब आधा घण्टा पैदल दुरी एकान्तमा लगी काटी मासु बाँढी खाएका थिए ।

अपराधबाट उम्किनको लागी गोरुको बाँकी अंग सेफ्टीट्याङ्कीमा फाली घटना गुपचुप गराउने उनीहरुसहित अन्य ३ जना गरी ६ जनाले उक्त चोरी गर्ने तथा मासु बाढीचुडी खाएको अनुसन्धानबाट पत्ता लगाएको हो ।

उनीहरुको खोजतलास गर्दै जाँदा २०७७ साउन २४ गते
दिउसो सम्बन्धित घर वतनमा नै फेला पारी कानुन बमोजिम रितपुर्वक पक्राउ गरी चोरी तथा गाई गोरु मार्न नहुने मुद्धामा सम्मानित तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

अन्य तीन जना फरार रहेका हुँदा उनीहरुको खोजी कार्य भएकाले फरार व्यक्तिहरुको नामथर गोप्य राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.