गोरखा सदरमुकामको मुख्य सडकमै ‘कुकर बम’ फेला

| 2023 Sep 02 | 07:53 am 1477

गोरखा, भदौ १६।गोरखा सदरमुकामको मुख्य सडकमा कुकर बम जस्तै देखिने शंकास्पद वस्तु भेटिएको छ । गोरखा नगरपालिका-९ कट्टेलचोकको बीच सडकमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

शंकास्पद वस्तुसंगै हँसिया हथौडा अंकित झण्डा पनि छाडिएको छ । बिहान पाँच बजे कुकर बम जस्तै देखिने वस्तु फेला परेपछि सर्वसाधारणले प्रहरीमा खबर गरेको उनले बताए ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली सो स्थानमा पुगेर सुरक्षा घेरा दिएको छ। केही समयमा नेपाली सेनाको बम डिस्पोज टोली आएर डिस्पोज गर्ने तयारी गरिरहेको एसपी श्रेष्ठले बताए ।

सडकमा शंकास्पद वस्तु भेटिएपछि गोरखा सदरमुकामको मुख्य मार्ग हुँदै चल्ने सबै सवारी साधन बन्द रहेको प्रहरीले जनाएको छ ।

(अन्नपुर्णबाट)

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.