गोरखामा भूकम्पमापन यन्त्र

रिपोर्ट नेपाल | 2019 Apr 24 | 06:23 pm 1031

गोरखा, वैशाख ११ :  भूकम्पको केन्द्रबिन्दु गोरखाका विद्यार्थी र समुदायलाई भूकम्पको विषयमा सचेत गराउने उद्देश्यले गोरखाको बालमन्दिर माविमा भूकम्पमापन यन्त्र (सिस्मोमिटर) जडान गरिएको छ। विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम नेपाल नामक संस्थाले बालमन्दिर माविको भवनमा सिस्मोमिटर जडान गरेको हो।

भूकम्पको केन्द्रबिन्दु गोरखालाई अझै पनि सयौंपटक केन्द्र बनाएर परकम्प गइरहेको छ। भूकम्पको सम्भावना पनि उत्तिकै रहेकाले यसबाट सजग रहन तथा यसको अध्ययन गर्न सिस्मोमिटर जडान गरिएको सिस्मोस्कुल नेपालका शिव सुवेदीले जानकारी दिए। सो यन्त्रले चार रेक्टरस्केल भन्दा कम म्याग्निच्यूटको भूकम्पसमेत मापन गर्ने सुवेदीले बताए। भूकम्पको केन्द्रबिन्दु, दुरी, गहिराई र दुरीको म्याग्नेच्यूट पनि पत्ता लगाउन सक्ने उनले बताए।

अमेरिका, क्यानडा स्वीजरल्याण्डको लुजान विश्वविद्यालयको सहयोगमा सो संस्थाले गोरखा सहित विभिन्न २३ जिल्लाका विभिन्न ठाउँमा सिस्मोमिटर जडान गर्ने क्रममा गोरखाको बालमन्दिरमा सो यन्त्र जडान गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.