गोरखा २ बाट प्रचण्ड भारी मत अन्तरले विजयी

रिपोर्ट नेपाल | 2022 Nov 24 | 07:47 am 121

गाेरखा, मंसिर ८ः गाेरखा क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारी मत अन्तरले विजयी भएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीलाई १३ हजार ४ सय ६५ मत अन्तरले हराएका हुन् ।

प्रचण्डले २६ हजार १ सय १ मत ल्याए भने रास्वपाका बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत पाए । एमालेका अब्दुस मियाँ ७ हजार ३ सय ९२ मत पाएका छन् । यहाँ अब्दुस दोस्रो हुने ठानिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.