गोठाटारमा चल्यो गोली

| 2023 Nov 01 | 01:59 pm 945

काठमाण्डौ कात्तिक १५/काठमाण्डौ उपत्यका अपराध अनुसन्धानको टोलीले  गोठाटारमा गोली ठोकेर लागु औषध कारोवारीलाई नियन्त्रणमा लिएको छ । रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार विशेष सुराकीको आधारमा अपराध महाशाखाको टोलीले भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई गोली प्रहार गरी एक थान पेस्तोल र दुई सय ग्राम खैरो हिरोइन सहित पक्राउ गरेको हो। खुट्टामा गोली लागेका करिमबार सानो तराजु समेत बरामद भएको जनाइएको छ । पक्राउ गरीएका एक नेपाली सहित करिमलाई लागु औषध व्यूरोमा पठाउने तयारी भएको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.