गोठमा आगलागी हुँदा एक वृद्धको मृत्यु

रिपोर्ट नेपाल | 2020 Dec 18 | 11:18 am 2246

सप्तरी, पुस ३ः शुक्रबार बिहान गोठमा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा ८५ वर्षीय झलाही यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएकाे हाे।

विद्युत सट भएर लागेको आगोले गोठमा सुतिरहेका यादवको घटनास्थलमै मृत्यु भएको उनका छोरा मिश्रीलाल यादवले बताए।

आगोलाई साढे एक घण्टाको प्रयासमा नेपाल प्रहरी, बारुणयन्त्र र स्थानीयवासीले नियन्त्रण गरेका छन्। आगलागीबाट एक लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको सप्तरी प्रहरीले जानकारी दिएको छ।

शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायणसिंह अस्पताल राजविराजमा लगिएको छ। आगलागीबाट मृत्यु भएको सम्बन्धमा अन्य अनुसन्धान कार्य भइरहेको डिएसपी भुवनेश्वरप्रसाद साहले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.