काठमाडौं, कात्तिक २४: गोंगबुस्थित नयाँ बसपार्क अगाडीको आकाशे पुल भत्काइने भएको छ।
चीनको सहयोगमा कलंकी महाराजगञ्ज सडक विस्तारका लागि पुल भत्काइन लागिएको काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष खेमराज तिवारीले जानकारी दिए ।
मंसिर पहिलो सातादेखि आकासे पुल भत्काउन सुरु गर्ने भनिए पनि विबिध प्राविधिक कारणले गर्दा त्यसको टुंगो नलागेको उनले बताए ।
पहिलो चरणको चक्रपथ सडकको स्तरोन्नतिको काम कोटेश्वरदेखि कलंकीसम्म सम्पन्न भइसकेको छ ।
चक्रपथमा सवारी जामको क्रम बढेसँगै सरकारले पछिल्लो समय चक्रपथ विस्तारलाई तीव्रता दिएको छ। दशैंतिहारको बिचमा चक्रपथछेउछाउका रूख हटाईसकिएको छ।