गैंडाको खाग ६५ लाखमा बेच्दै गर्दा रंगेहात पक्राउ

| 2018 Jun 04 | 02:38 pm 3046

काठमाडौं  जेठ २१: दुर्लभ एकसिङ्गे गैंडाको खाग बेच्दै गर्दा एकजना तस्कर रंगेहात पक्राउ परेका छन् । नयाँबजारस्थित नयाँपुल एरियामा गैंडाको खागको खरिद(बिक्री र ओसारपसार हुँदै गरेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त, लैनचौरबाट खटिएको प्रहरी टोलीले खागसहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङको वेनिघाट रोराङ्ग–५ स्थायी घर भएका १९ वर्षीय जिसन सुनार छन् । गैंडाको खागलाई उनले ६५ लाख रुपैयाँमा मोतोल गरेर बेच्न लागको अवस्था पहरीको टोली पुगेपछि उनी पक्राउ परे । पक्राउ सुनारमाथि थप अनुसन्धान गर्न हात्तीसारस्थित जिल्ला वन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.