चितवन, माघ ५ः चितवन राष्ट्रिय निकुञ्जमा संचालित अपरेशन महाहण्टमा खटिएको नेपाली सेना र निकुञ्ज कर्मचारीको संयुक्त टोलीले गैंडाको खाग तस्करीको नाईकेको साथै खाग लुटपाटमा समेत संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरी कसरा स्थित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको छ ।
पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका ९ शक्तिखोर निवासी ३२ वर्षीय तारा भनिने बीरमान सिंह प्रजा रहेका छन् । अपरेशन महाहण्ट अन्तर्गत भइरहेका सफल कारवाहीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा संरक्षित जीवजन्तु र प्राकृतिक सम्पदाहरुको सुरक्षा थप प्रभावकारी भई चोरी शिकारीका घटनाहरु नियन्त्रणमा आउने विश्वास नेपाली सेनाले लिएको जनाएकाे छ ।