काठमाडाैं, कात्तिक १६ः केन्द्रीय अनुसन्धान व्यूरोबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि खटि गएको प्रहरी टोलीले गैंडाका खागसहित दुई जनालाई पक्राउ गरेकाे छ ।
उनीहरूलाई कामपा वडा नं. ०४ सुकेधारा एरियामा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा तनहुँ, शुक्लागण्डकी नगरपालिका वडा नं.-१० बस्ने बर्ष ३४ की फुलमाया बि.क र काठमाठमाडाैं तार्केश्वर नगरपालिका वडा नं.-०६, धर्मस्थली बस्ने बर्ष २८ का सुसन सुनार रहेका छन् ।
संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा उनीलाई उक्त आखेटोपहार सहित पक्राउ गरिएको साथै उनीहरुलाई वरामद सामान सहित आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार,
काठमाडाैंमा बुझाईने व्यूराेले जानकारी दिएकाे छ ।