गैंडाकाे खागसहित १९ वर्षीय किशाेर प्रहरी फन्दामा

रिपोर्ट नेपाल | 2018 Jun 04 | 02:12 pm 4074

काठमाडौं २१ जेठ:
चाेरी शिकारी गरी गैंडाकाे खागसहित एक जनालार्इ महानगरीय प्रहरी वृत्त, लैनचौर सोह्रखुट्टेले  पक्राउ गरेको छ ।  वृतका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक पाेख्रेलका अनुसार धादिङको वेनिघाट रोराङ्ग गाउँपालिका–५ का १९ वर्षीय जिसन सुनारले  सिंग जस्तो देखिने गैंडाको खाग ६५ लाख रुपैयाँमा विक्री गर्न लागेको अवस्थामा  नयाँ बजार क्षेत्रबाट नियन्त्रणमा लिइएको बताएका छन्।गैंडाकाे खागसहित पक्राउ परेका सुनारलार्इ सुराकीकाे अाधारमा नियन्त्रणमा लिइएकाे प्रनाउ पाेख्रेलले बताएका छन् ।

पक्राउ परेका सुनारमाथि थप अनुसन्धान तथा काराबाहीका लागि खागसहित जिल्ला वन कार्यालय, हात्तिसार पठाइएकाे जनाइएकाे  छ । यसैगरी सोह्रखुट्टे प्रहरीले काठमाडौं–१६, कालधारामा एक महिलाको झोला जबरजस्ती चोरी गर्ने दुई जनालाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सलिम जिरेल (लामा) र तिलकदास श्रेष्ठ छन् ।

उनीहरुले काठमाडौं–२६, ठमेल बस्ने बन्दना कार्कीको ४५ हजार नगद र सुनको मंगलसुत्र, मोबाइल लगायत चाेरेर भागेका थिए ।

कार्कीकै जाहेरीको आधारमा अनुसन्धान गर्दै जाँदा  हुलियाको आधारमा प्रहरीले दुई जनालाई वीरगञ्जबाट नियन्त्रणमा लिएको पनि  प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.