काठमाडौं, माघ १६: अवैध रुपमा ल्याएको गैँडाको खागसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाबहिल ८ का ४६ बर्षीय लब खत्री र कपन एकताबस्तीका २२ बर्षीय दिनेश थापा रहेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई चावहिलबाट पक्राउ गरेको हो ।
महाशाखाबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा उनीहरुलाई बुधबार साँझ चावहिलबाट नियन्त्रणमा लिएको महाशाखाले जानकारी दिएको छ ।
पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौंलाई बुझाइएको प्रहरीले बताएको छ ।