गेस्टहाउसका संचालक तथा पर्यटन ब्यबसायी भण्डारी सम्मानित

| 2024 Apr 10 | 02:43 pm 1789

काठमाडौँ २८ चैत / पर्यटन बोर्ड भृकुटीमण्डपमा प्रमुख अतिथी सघिय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीको उपस्थितिमा नागरिक न्युज डट कम अनलाइनको दोस्रो बार्षिक उत्सब तथा सामाजिक रुपान्तरणको लागि नागरिक समाजको १७ औं बार्षिक उत्सब कार्यक्रम भब्य र सभ्यरुपमा चैत २६ गते सम्पन्न भएको छ।

उक्त्त अवसरमा सम्मानित हुनेमा काठमाडौँ बागबजार स्थित कालिका गेस्टहाउसका संचालक, पर्यटन ब्यबसायी तथा समाजसेबी नागरिक समाजका आजीवन सदस्य लक्ष्मण भण्डारीले पर्यटन क्षेत्र र समाजमा गरेको योगदानलाई स्मरण गर्दै सम्मान गरिएको थियॊ। कार्यक्रममा शिक्षा, स्वास्थ्य, कला, संस्कृति, धर्म, परम्परा, मानव अधिकारकर्मी, पत्रकार, सामाजिक अभियन्ता आदि बिषयमा सम्मान तथा अवार्ड बितरण गरिएको थियो ।

 

 

प्रमुख अतिथी मन्त्री जोशी उपस्थिति रहेको कार्यक्रममा बिशेष अतिथी पूर्ब सासद हरिचरण साह, अतिथिहरु प्रकाश रोकाय, गोकर्णेश्वर नगरपालिकाको मेयर दिपक रिसाल,लगायत अन्य बिशेष अतिथिहरुको उपस्थिति रहेको थियो।

बौद्द धर्मका प्रचारक आनी भिमसुब्बा गुरुङ लगायत विभिन्न चर्चित कलाकार, मोडेल, गित सङ्गित क्षेत्रमा बिशेष योगदान दिएका गायक, सर्जकका साथै समाजका गन्यमान्य ब्याक्तित्वहरुलाई प्रमुख अतिथि मन्त्री जोशीबाट सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै मन्त्री जोशीले सरकारले गर्नुपर्ने काम नागरिक क्रियसनले गरेको भन्दै विभिन्न कलाकार ,श्रष्टाहरुलाई एकै चोटि एकै ठाउँमा सम्मान गर्नु सामान्य कुरा नरहेको बताए ।

 

मन्त्री जोशीले प्रधानमन्त्रीलाई यहि कार्यक्रमको महत्वबारे ब्रिफिङ गर्ने समेत बताए । कार्यक्रममा बिशेष अतिथि नेपाली जनता दलका अध्यक्ष पुर्ब सासद हरिचरण साहले हिमाल पहाड तराई सबै क्षेत्रको समान बिकास बिना देश बन्न नसक्ने भन्दै यस सस्थाले सबैक्षेत्रमा कार्यक्रम गर्न सुझाव दिए ।

कार्यक्रममा अन्य बक्ताहरुले सस्थाको उज्ज्वल भबिष्यको कामना गरेका थिए । कार्यक्रममा सम्मानित ब्यक्तित्वहरुले आफुहरुलाई यसरी सस्थाले सम्मान गर्दा साह्रै खुशी लागेको बताएका थिए । कार्यक्रम नागरिक क्रियसन प्रा. लि. का अध्यक्ष याम बहादुर जिसिको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नागरिक बोर्डले प्रकाशित गरेको २०८१ सालको बार्षिक क्यालेन्डर समेत बिमोचन गरिएको थियो

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.