काठमाडौं, ९ साउन : सरकारले आज (बुधबार) व्यापक रुपमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहितका अधिकृतहरुको सरुवा गरेको छ । सुन समितिका ईश्वरराज पौडेललाई गृह मन्त्रालयबाट अध्यागमन विभागमा सरुवा गरिएको छ भने काठमाडौंका केदारप्रसाद शर्मालाई गृह मन्त्रालय तानिएको छ ।
गृह मन्त्रालयले बुधबार सिडियोसहितका कर्मचारीको सरुवाका गरेको हो । जसअनुसार मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई काठमाडौं ल्याएको छ । ओखलढुङ्गाका जनकराज पन्तलाई चितवन ल्याइएको छ ।

