गृह मन्त्रालयको सचिवमा महेश्वर न्यौपाने

रिपोर्ट नेपाल | 2020 Feb 04 | 07:45 am 2599

काठमाडौं, माघ २१: रिक्त रहेको गृह मन्त्रालयको सचिवमा महेश्वर न्यौपानेलाई सरुवा गरेको छ । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट बढुवा भएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले न्यौपानेलाई गृहसचिव बनाउने निर्णय गरेको हो ।

निवर्तमान गृहसचिव प्रेम राईले अवकाश लिएसँगै न्यौपाने गृहमन्त्रालयमा आएका हुन् । गृह सचिवका लागि न्यौपानेसँगै यादव कोइराला, केदारबहादुर अधिकारी पनि दावेदार थिए ।

गृहमा जान सचिवहरुले दौडधुप गरेको भन्ने पनि खबर चर्चामा आएको थियो । तर सरकारले न्यौपानेलाई गृहमा लगेको छ । उनी पर्यटन मन्त्रालय, सार्वजनिक खरिद अनुगमनसँगै अख्तियारमा पुगेका थिए ।

यस्तै अख्तियारको सचिवमा भने प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलाई पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.