गृहसचिवमा सिंह, राष्ट्रिय अनुसन्धान प्रमुखमा थापा

रिपोर्ट नेपाल | 2022 Sep 13 | 07:37 am 1449

काठमाडाैं, भदाै २८ः सरकारले गृहसचिवमा प्रदेश नं १ का प्रमुख सचिव विनोदप्रकाश सिंहलाई ल्याएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।

यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायलाई वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ भने आपूर्ति मन्त्रालयका गणेश पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज शर्मालाई नियुक्त गरेको छ । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा प्रधानमन्त्री कार्यालयका ताराप्रसाद अधिकारीलाई पनि सरुवा गरेको छ । सम्पत्रि शुद्धीकरण अनुसन्धान विभागका तीर्थ भट्टराईलाई प्रधानमन्त्री कार्यालय लगिएको छ ।

यो कम्पनीले भारतमा विशेष रूपमा हेभी कमर्सियल गाडीहरू मात्रै उत्पादन गर्छ । उसले अहिले केही समयदेखि युरो बीएस ६ मापदण्डको गाडीहरू मात्रै उत्पादन र निर्यात गर्ने भएकाले नेपालमा पनि सोही मापदण्डको गाडी मात्रै उत्पादन र निर्यात गर्ने भएकाले नेपालमा पनि सोही मापदण्डको गाडी मात्रै मगाउन बाध्य भइरहेको छ ।

जसका कारण अन्य कम्पनीका गाडीहरू टाटा, महेन्द्र, आइसर, अशोक लेलैन्डजस्ता कम्पनीका गाडीको मूल्यभन्दा धेरै हुन गएको छ । यसैले, अहिले यो कम्पनीले अरू कम्पनीका गाडीसँग प्रतिस्पर्धा गर्न सकेको छैन, जसका कारण सो कम्पनीले सबै गाडीमा युरो–६ लागू गर्न वनमन्त्री यादवसँग लबिङ गरिरहेको स्रोतको दाबी छ ।

वन तथा वातावरणमन्त्री प्रदीप यादवले भने आफूले वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको युरो–६ लागू गर्न खोजेको दाबी गरे । उनले मन्त्रालयले वातावरण महाशाखाका प्रमुख सहसचिव मेघनाथ काफ्ले नेतृत्वको टोलीले अध्ययन गरेर अर्थ मन्त्रालयसँग राय मागेको जानकारी दिए ।

‘अर्थ मन्त्रालयसँग राय माग गरेका छौं, त्यताबाट राय आयपछि सोहीअनुसार अघि बढ्छौं ।’ मन्त्री यादवले राजधानीसँग भने । केही स्वार्थ समूहसँगको संलग्नतामा तत्काल युरो–६ मा जना लाग्नुभएको हो भन्ने प्रश्नमा उनले आफूले कुनै स्वार्थ समूहसँग सम्बन्ध नराखेको र देश र जनताको हितका लागि नयाँ मापदण्डमा जान लागेको दाबी गरे ।

नेपाल अटोमोबाइल्स एसोसियसन (नाडा)का अध्यक्ष ध्रुव थापाले एकैपटक युरो–६ मा जाँदा अटोमोबाइल्स क्षेत्रले मात्रै नभएर सिंगो मुलुकले समस्या झेल्न सक्ने अवस्था आउने भएकाले सुरुमा युरो–४ मा जानुपर्ने बताए । उनले विश्वमा कुनै पनि मुलुक युरो–३ बाट एकैपटक जम्प गरेर युरो–६ मा नगएको दाबी गरे ।

‘एकैपटक युरो–६ मा जाँदा हामी व्यवसायीलाई मात्रै नभएर देशलाई पनि आर्थिक व्ययभार पर्ने तथा त्यसको असरबाट जनताको घर भान्सा पनि समस्यामा पर्ने निश्चित छ ।’ अध्यक्ष थापाले भने । उनले सुरुमा युरो–४ लागू गरेर त्यसपछि आवश्यक दक्ष जनशक्ति उपकरण र पूर्वाधारको व्यवस्था भएपछि मात्रै युरो–६ मा जान उपयुक्त हुने बताए । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.