गृहसँग सम्बद्ध केही विषयमा गम्भीर रूपमै छलफल गर्न राज्य व्यवस्था समितिले बोलाउँदै

| 2024 Mar 25 | 02:24 pm 897

काठमाण्डौ १२ चैत / गृह मन्त्रालयसम्बद्ध विषयमा छलफल गर्न केही उच्च अधिकारीलाई संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले बोलाउने भएको छ ।

गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखलाई गृहसँग सम्बद्ध केही विषयमा गम्भीर रूपमै छलफल गर्नुपर्ने भएकाले यही १४ गते समितिमा बोलाउन लागिएको सचिवालयले जानकारी दिएको हो ।

गृहमा उनकै विरुद्धमा कारबाहीको माग गर्दै केही निवेदनहरू परेका छन् । त्यसबाहेक सुशासनसँग सम्बन्धित केही ऐन संशोधन गर्न तयार भएका विधेयक पनि छलफल गरेर टुङ्गो लाउनुपर्ने अवस्थामा रहेको सचिवालयले जनाएको छ ।

राज्य व्यवस्था समितिका सदस्य रहिसकेका सांसद रवि लामिछाने अहिले गृह मन्त्रालयको नेतृत्वमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.