गृहमन्त्री श्रेष्ठ चीनको अस्पतालमा भर्ना

| 2023 Oct 19 | 10:54 am 461

बेइजिङ, कार्तिक २ । चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बेइजिङ स्थित एक अस्पतालमा भर्ना  भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुगेका श्रेष्ठको चेक जाँचका क्रममा माइल्ड हर्ट अट्याक भएको उनका स्वकीय सचिव सुरेश काजी श्रेष्ठले जानकारी दिए ।

विआरआई को कार्यक्रमका लागि बेइजिङमा रहेका श्रेष्ठलाई बुधबार दिउसो देखि नै असहज भईरहेको र बेलुका कोठामा फर्किएपछि धेरै नै छाती दुखे पछि अस्पताल लगिएको थियो । अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकतर्फको भल्वमा रक्तसञ्चार अवरोध देखिएपछि उनलाई उपचारका लागि आइसियूमा राखिएको छ ।

मन्त्री श्रेष्ठलाई आइसियूमा राखिएपनि खतरामुक्त रहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.